जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टीमा सुन व्यवसायी र प्रहरीबीच ०८२ असोज ३१ गते राति झडप हुँदा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ४५ वर्षीय सुरेन्द्र कुमार भण्डारी घाइते भएका छन् ।
सोनारपट्टीमा रहेको सञ्जय पायल ज्वेलर्समा प्रहरीले छापा मार्ने क्रममा स्थानीय सुन व्यवसायीहरूले हस्तक्षेप गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्दा घाइते भएको भण्डारीले बताउनु भयो ।
झडपमा परी भण्डारीको टाउको, दाहिने खुट्टा र पेटमा चोट लागेको छ । घाइते भण्डारीको प्रादेशिक अस्पताल जनकपुरधामको आइसीयुमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमका अनुसार विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभाग पथलैसँगको समन्वयपछि मात्र प्रहरी टोली छापा मार्न गएको बताउनु भयो । व्यवसायीहरू आक्रमक बनेका कारण सात राउन्ड हवाई फायर र दुई सेल अश्रुग्याँस प्रहार गर्नुपरेको बमको भनाइ छ ।
सन्तोष कुमार यादव