नागरिक समाजसम्बद्ध विभिन्न संघ संगठनका प्रतिनिधिहरुको भेलाले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मर्यादा विपरित कार्य, अभिव्यक्ति र अस्वाभाविक व्यवहारको ६ बुँदे सूची सहित आवश्यक कारबाहीका लागि ०८२ असोज ३० गते गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन गर्ने प्रयोजनका लागि असोज २९ गते जेनजीको अन्दोलनमा भदौ २३ र २४ गते बाँके जिल्लामा भएको क्षतिबारे सूचना माग गर्न जाँदा मानव अधिकार क्षेत्रमा कार्यरत संस्था इन्सेकको कार्यालय तोडफोड गर्न लगाइदिने र जेनजीले तोडफोड गरेको मुचुल्का गर्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिँदै सूचना दिन नसक्ने भन्दै बाँके इन्सेक प्रतिनिधी धु्र बराज शर्मालाई फर्काएका थिए ।

त्यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गरिरहेका पत्रकारहरु प्रति शृङ्खलाबद्ध रुपमा गरिएको दुव्र्यवहार एवं धम्कीका घटना (मिसन टुडेका पत्रकार सुवाकर विश्वकर्माले सूचना माग्दा सुरक्षाकर्मी लगाई धक्याउन लगाएको र गोरखापत्र दैनिकका पत्रकार गोबिन्द शर्मालाई जेनजी आन्दोलन पश्चात रिपोटिङ्गका क्रममा जिल्ला प्रशासन कार्यालय बाँकेमा जाँदा दुव्र्यवहार गरिएको ।
ध्यानाकर्षण पत्र मार्फत ०८२ साउन १ गते १७ जुलाईका दिन अन्तर्राष्ट्रिय न्याय दिवसका दिन नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनमा भएको एक कार्यक्रममा सम्पूर्ण कानून व्यवशायीहरुको मानमर्दन हुने गरी लाल्छनापूर्ण अभिव्यक्ति दिई आगामी दिनमा बार एशोसिएसनका कार्यक्रमहरु बहिष्कार गर्ने सम्मको अभिव्यक्ति दिएको कुरा उल्लेख गरिएको छ । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासको ०८२ भदौ २९ गते भएको न्याय क्षेत्र समन्वय समितिको बैठकमा शान्ति सुरक्षाको सन्दर्भमा प्रश्न गर्दा अर्मयादित एवं असोभनीय व्यवहार गरेको, ध्यानाकर्षणपत्रमा फौजदारी न्याय सम्पादनका सन्दर्भमा पनि बाँकेका प्रमुख जिल्ला अधिकारीको पदिय जिम्मेवारीमा प्रश्न चिन्ह लाग्ने गरी कार्य गरेको, मुद्दामा पक्षप्रति पूर्वाग्रह राखी बढी म्याद थप गर्ने, अभियोग दर्ता भइसकेपछि पनि मुद्दाको सुनुवाइमा ढिलाई गर्ने लगायतका फौजदारी न्याय र स्वच्छ सुनुवाइको मान्यता विपरित कार्य गर्दै आएको उल्लेख गरिको छ ।
सार्वजनिक सरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीका हैसियतले गरेका काम कारबाहीका सन्दर्भमा नागरिक समाज, पत्रकार लगायतका नागरिक संघ संस्थाले निकालेका विज्ञप्तीलाई लिई उक्त विज्ञप्तीमा हस्ताक्षर गर्ने व्यक्तिहरुलाई विभिन्न माध्यमबाट धम्की दिने कार्य समेत गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।




ध्रुबराज शर्मा