INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तलकोट गाउँपालिका–२ ढुङगाना गाउँ बस्ने २० वर्षीय राजेश ऐडीलाई ०८२ असोज ३० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असोज २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत् असोज २९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र आरोपितलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण असोज २९ गते जिल्ला अस्पतालमा गरिएको छ ।

सत्यराज सिंह

अन्य

भिडियो