नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ०८२ असोज २७ गते सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई गिरफ्तार गरेको हो । गिरफ्तार हुनेहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरी जिल्ला इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । गिरफ्पतार गरिएकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।
रासस