INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा अझै रोकिएन बालविवाह

बर्दियामा बालविवाह अझै रोकिएको छैन् । बालविवाह न्यूनिकरणका लागि अनेक प्रयास भएपनि बालविवाह नरोकिएको हो ।

कानुनले २० वर्षका मुनिको विवाहलाई बालविवाह भनी प्रष्ट व्याख्या गरेको छ । स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बालविवाह न्यूनिकरणमा भएको देखिदैन । २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्या हेर्दा बालविवाहमा कमी आएको छैन ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१\०८२ मा २ सय ८५ जना सुत्केरी भएका छन् । पहिलो पटक गर्भजाँच गर्ने ६ सय ६९ जना रहेको छन् । परिवार नियोजनको साधन प्रयोग गर्ने २ सय १२ जना रहेको छन् । ९० जनाले गर्भपतन गरेका छन् । आकस्मिक गर्भ निरोध पाँच जना रहेको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवम् सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा ४ सय ८९ जना सुत्केरी भएका छन् । पहिलो पटक गर्भजाँच गर्ने ७ सय ७५ जना रहेको छन् । परिवार नियोजनको साधन प्रयोग गर्ने ३ सय २१ जना रहेको छन् । ८२ जनाले गर्भपतन गरेका छन् । भने आर्थिक वर्ष २०७९÷०८० मा २० वर्ष मुनीका ५ सय ७४ सुत्केरी भएका छन् । ८ सय ८८ जनाले पहिलो पटक गर्भवती जाँच गरेका छन् भने ४ सय ८७ जना परिवार नियोजनको साधन प्रयोग छन् । ५९ जनाले गर्भपतन गरेको स्वास्थ्य कार्यालय बर्दियाको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवम् सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका मेडिकल सुपरिटेन्डेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले सानो उमेरमा विवाह गर्दा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो –प्रजनन् अंग परिपक्क नहुँदा गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुती हुँदा रक्तश्राव अत्याधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने, अप्रेसन गर्नु पर्ने र केहीमा मानसिक समस्या पनि देखिने हुन्छ ।

प्रकाश पौडेल

अन्य

भिडियो