INSEC Online

📅 २०८३ जेष्ठ २१

भवन नहुँदा गोरु गोठबाट स्वास्थ्य सेवा प्रदान !

स्वामीकार्तिक खापर गाउँपालिका–१ मा रहेको साप्पाटा स्वास्थ्य चौकीको भवन व्यवस्थापन नहुँदा सेवाग्राहीहरू गोरु गोठबाट स्वास्थ्य सेवा लिन बाध्य भएका छन् ।

स्वास्थ्य चौकीको भवन व्यवस्थापन नगरिएको कारण आफूहरूले गोरु गोठबाट स्वास्थ्य सेवा लिनु परेको हंसबहादुर बुढाले दुखेसो पोखे ।

गोरु गोठमा राखेर सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र बिरामीलाई असहजता भइरहेको स्वास्थ्य चौकीमा कार्यरत अहेव सरिता चौधरीले बताइन्  ।

पाँच वर्ष पहिलेनै स्वास्थ्य चौकीको भवन सञ्चालन गरिसक्नु पर्नेमा अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।

‘मौसमी बिरामीको चाप बढिरहेको छ । स्वास्थ्य चौकी व्यवस्थित छैन । गोठमै भए पनि सेवा दिइरहेका छौँ ।’–अहेव सरिता चौधरीले भनिन् ।

स्वास्थ्य चौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्न समेत गार्‍हो भएको उनीहरूको गुनासो रहेको छ । चिसो मौसम भएका लागे मौसमी बिरामीहरू दिनमा ५० देखि ६० जना आउने गरेको अहेव सरिता चौधरीले बताइन् ।

गोठलाई जति सफा गरे पनि माथिबाट धुलो खसेपछि भुँइमा राखेको औषधिमा फोहोर हुन्छ अप्ठेरो ठाउँ हुँदाहुँदै आफूले सके जति बिरामीलाई सेवा दिइरहेको अहेव सरिता चौधरीले बताइन् ।

स्वास्थ्य चौकी भएको ठाउँमा व्यवस्थित शौचालय, खाने पानीको अभाव रहेको स्वास्थ्य चौकीका कार्यालय व्यवस्थापक मानबहादुर बिकले बताए ।

अन्य

भिडियो