INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षमाथि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

तिलोत्तमा नपा–६ का वडा अध्यक्ष एवम् उक्त नगरपालिका नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन तथा अनुगमन समितिका संयोजक ६४ वर्षी सुखदेव न्यौपानेले आफूमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा तिलोत्तमा नपा–६ गोरकट्टामा न्यु सुपर नमूना रोडा उद्योग सञ्चालक ४२ वर्षीय नेत्र खरेलविरूद्ध पुस १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गरेका छन् ।

आरोपितलले पुस १२ गते गिट्टी, ढुङ्गा, बालुवाको अबैध उत्खनन्मा कडाइ गरेको, गाडीको छुट नदिएको भन्दै कुटपिट गरेको पीडितले बताए । कुटाइबाट पीडितको बायाँ गालामा निलडाम भएको छ ।

घटनाका विषयमा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले लुकीछिपी गिट्टी, ढुङ्गा र बालुवा उत्खनन् गरी कर छलेर आइरहका क्रसर व्यवसायीले नगरपालिकाले करछली र निकासीमा कडाइ गरेको आक्रोश वडाअध्यक्षमाथि पोखेको भन्दै कारवाहीको माग गरेका छन् ।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले कानुन हातमा ल्याउने छुट कसैलाई नभएको र घटनाका विषयमा अनुसन्धान र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको बताए ।

यसैबीच तिलोत्तमा नगरपालिकाले पुस १३ गते विज्ञप्ति जारी गर्दे घटनाप्रति ध्यानाकर्षण जनाएको छ । विज्ञप्तिमा कानुनी राज्यको उपहास भएको भन्दै नदीजन्य पदार्थको विषयमा छलफल क्रम चलिरहेको बेलामा वडा अध्यक्ष एवम् अनुगमन समितिका संयोजक माथि आक्रमण गर्नु नगरपालिकामाथि आक्रमण भएको उल्लेख छ ।

अन्य

भिडियो