INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उर्लावारी नगरपालिका–१ का २४ वर्षीय गोपाल दनुवारलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनामा संलग्न रहेका अर्का आरोपित सोही ठाँउका २३ वर्षीय बिटु भन्ने धिरज श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आरोपितद्वयले पुस ११ गते साँझ उर्लावारी नपा–१ स्थित मनोहर सामुदायिक वन नजिकै बलात्कार गरेको आरोपमा पीडित पक्षले १२ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय उर्लावारीका इन्स्पेक्टर रामप्रसाद तिम्सिनाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते कोशी अञ्चल अस्पतालमा गरिएको छ । आरोपितद्वय विरूद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो