बह्रम्पुरी गाउँपालिका–८ पिरारीका १८ वर्षीय जयनाथ राम चमार एक दलित युवकले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित गाउँलेहरूले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कुटपिट मात्रै हैन उल्टो १४ लाख रुपियाँको कपाली तमसुक समेत बनाए ।
ब्रहम्पुरी गाउँपालिका–६ निवासी १८ वर्षीय जयनाथ राम चमार र स्थानीय १७ वर्षीय सल्मा बैठा मुस्लिम सँग एक महिना अगाडिदेखि प्रेम सम्बन्ध कायम राखी भारतको सितामढी जिल्ला बस्दै आएका उनीहरू पुन गाउँ फर्किएका थिए ।
गाउँ फर्केको केही दिनमा निर्वाचित वडा अध्यक्ष श्यामबाबु राय र रघुवीर रायले अपहरणको शैलीमा युवकलाई घरबाट उठाउन लगाएर एकान्त बास घारीमा मरणासन्न हुने गरी गत ९ गते कुटपिट गरेका थिए ।
जयरामलाई कुटपिट गरी निजका बुवा गगनदेव रामसँग १४ लाख रुपियाँको कपाली तमसुक बनाएको पडित परिवारले जानकारी गराउनुभयो ।
पीडितहरूले नेपाल राष्ट्रिय दलित समाज कल्याण सर्लाहीमा निवेदन दिएसँगै घटनामा दोषी रहेकालाई कारबाहीको माग गर्दै, राजेश पासवानको पहलमा जिल्ला प्रहरी कार्यलयमा आज १२ गते पीडितले उजुरी दिएका छन् ।
पीडित जयनाथका अनुसार घटना भएको करिब ३ घण्टापछि उपप्रमुख गीता रायको घरमा बसेर १४ लाख रुपियाँको कपाली तमसुक गरेको बताए । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मलङ्गवाका इन्स्पेकटर कुन्दन देवले जानकारी दिए ।