गेरूवा गाउँपालिका—५ झबहीकी १० वर्षीया बालिका एन्जल देउवालाई हत्या गरेको आरोपमा प्रहरीले गेरूवा गाउँपालिका-५ का समीर तिरूवालाई ०८२ असोज २२ गते गिरफ्तार गरेको छ।
बालिका आफन्तको घरमा विवाहमा गइरहेको अवस्थामा असोज १७ गते आरोपितले गेरूवा गाउँपालिका- ३ रहेको गणेशपुरमा सामुदायिक वनको नजिकै बुढीकुलो किनारमा हत्या गरि पुरेको अवस्था असोज २० बालिकाको शव प्रहरीले फेला पारेको थियो ।
घटना लगतै प्रहरीले अनुसन्धान सुरू गरेको थियो । प्रहरीले शंका लागेर खोजतलास गर्दा तिरूवाले असोज २२ गते हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक सजोज पौडेलले बताउनु भयो ।
आरोपितविरुद्ध बालिकाका आफन्तले इलाका प्रहरी कार्यालयमा असोज २२ गते उजुरी दिएका थिए । शवको पोस्टमार्टम असोज २२ गते भेरी अस्पताल नेपालगन्जमा गरिएको छ ।
प्रकाश पौडेल