INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका  हत्या घटनाका आरोपित गिरफ्तार

गेरूवा गाउँपालिका—५  झबहीकी १० वर्षीया बालिका एन्जल देउवालाई हत्या गरेको आरोपमा प्रहरीले  गेरूवा गाउँपालिका-५ का समीर तिरूवालाई ‍०८२ असोज २२ गते गिरफ्तार गरेको छ।

बालिका आफन्तको घरमा विवाहमा गइरहेको अवस्थामा असोज १७ गते आरोपितले गेरूवा गाउँपालिका- ३ रहेको गणेशपुरमा सामुदायिक वनको नजिकै बुढीकुलो  किनारमा  हत्या गरि पुरेको अवस्था असोज २० बालिकाको शव प्रहरीले फेला पारेको थियो । 

घटना लगतै  प्रहरीले अनुसन्धान सुरू गरेको थियो । प्रहरीले शंका लागेर खोजतलास गर्दा तिरूवाले असोज २२ गते हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक सजोज पौडेलले बताउनु भयो ।

आरोपितविरुद्ध बालिकाका आफन्तले  इलाका प्रहरी कार्यालयमा असोज २२ गते उजुरी दिएका थिए । शवको पोस्टमार्टम असोज २२ गते भेरी अस्पताल नेपालगन्जमा गरिएको छ ।

प्रकाश पौडेल 

अन्य

भिडियो