जेनजी आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका १ सय ४० जना कैदी बन्दीहरु अझै फरार रहेका छन् । कारागारबाट भागेका २ सय ९० जना कैदीबन्दीहरु कारागारमा फर्किसकेको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनले असोज १२ गतेदेखि २० गतेसम्म आफै हाजिर हुन आउनका लागि सूचना जारी गरेको थियो । कारागार प्रशासनले दिएको समयमा जम्मा २५ जना कैदी बन्दीहरु कारागारमा हाजिर भएकोे कारागार प्रशासनले जनाएको छ ।
रीमा बि.सी