INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाँउपालिका-२ का ३० वर्षीय सोलिन्दर यादवलाई पुस ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस ७ गते घर नजिकै रहेको कुखुरा फार्म भित्र लगेर हातगोडा बाँधेर बलात्कार गरेको भन्दै पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी अच्युत पुडासैनीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ८ गते जिल्ला अस्पताल तौलिहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो