INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारबाट भागेका चार कैदी गिरफ्तार

जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका चार कैदीलाई सुर्खेत प्रहरीले ०८२ असोज २१ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार परेका कैदीहरूमा सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ का २१ वर्षीय धर्मेन्द्र गुरुङ, सोही नगरपालिका– ११ का ३५ वर्षीय तेजेन्द्र तिवारी रहेका छन् । गुरुङ डाका, चोरी र तिवारी मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका थिए ।

त्यस्तै, सुर्खेतकै लेकबेसी नगरपालिका– ८ का ३६ वर्षीय गंगबहादुर भुरुङ, गुर्भाकोट नगरपालिका–६ का २२ वर्षीय रतन बादीलाई गिरफ्तार गरेर थप कैद भुक्तानका लागि कारागार कार्यालय सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो । भुरुङ र बादी जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका व्यक्ति हुन् ।

डिएसपी बुढथापाका अनुसार जगन्नाथ देवल काठमाडौं, कारागार कार्यालय तुल्सीपुर, नख्खु कारागार काठमाडौं, नौवस्ता कारागार बाँकेबाट फरार उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेर कारागार कार्यालयमा बुझाइएको छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो