INSEC Online

📅 २०८३ जेष्ठ २१

विष्फोटक पदार्थ बेवारिसे अवस्थामा फेला

तिला गाउँपालिका-७ स्थित ओडारमा विष्फोटक पदार्थ बेबारिसे अवस्थामा पुस ८ गते फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर प्रकाश केसीका अनुसार कर्णाली प्रदेश प्रहरी व्यूरोले विशेष सुराकीको आधारमा विष्फोटक पर्दाथ फेला परेको हो ।

एक थान एलएमजीको म्याग्जीन, ७३ थान नन् इलेक्ट्रिक पदार्थ, २९ थान इलेक्ट्रिक पदार्थ, १८ थान डिटोनेटर विष्फोटक पदार्थ फेला परेको उनले बताए ।

बेवारिसे अवस्थामा फेला परेको विष्फोटक पदार्थ १० वर्षो सशस्त्र द्वन्द्वकालमा छोडिएको हुन सक्ने अनुमान गरिएको छ ।

फेला परेको विष्फोटक पदार्थ पुस ९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । इन्सपेक्टर केसीका अनुसार अझै थप विष्फोटक प्रदार्थ भेटिने सम्भावना रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अन्य

भिडियो