खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ स्थायी घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्दै आएकी २५ वर्षीया अनिषा भट्टराईको ०८२ असोज १३ गते हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सुमन दाहाललाई असोज १३ गते गिरफ्तार गरेको छ।
घरायसी विवादका क्रममा आरोपितले काठको आग्लोले प्रहार गरी पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ।
घटनाका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, इटहरीकि डिएसपी सुवास हमालले बताउनु भयो।
आग्लो प्रहारबाट गम्भीर घाइते पीडितको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा असोज १३ गते मृत्यु भएको डिएसपी हमालले बताउनु भयो।
शवको पोष्टमार्टम कोशी अस्पतालमा असोज १४ गते गरिएको छ।
कोशी प्रदेश कार्यालय