INSEC Online

📅 २०८३ जेष्ठ २१

कुशे गाउँपालिका अध्यक्ष बस्नेतमाथि आक्रमण प्रयास, दुई युवा घाइते

जाजरकोट जिल्ला कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । ०८२ असोज १२ गते कुशेबाट सुर्खेत आउँदै गर्दा जाजरकोटको छेडागाड नगरपालिकाको चँखिलामा आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ । आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । घाइते हुनेमा कुशे गाउँपालिका–४ का नवराज शाही र कुशे गाउँपालिका–७ का दीपेन्द्र सिंह रहेका छन् । धारिलो हतियार प्रयोग गरेकाले टाउको र हातमा चोट लागेको शर्माले बताउनुभयो ।

रासस

अन्य

भिडियो