INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धौलागिरी गाउँपालिका-७ का २५ वर्षीय विपीन केसीलाई पुस ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाका आफन्तले पुस ३ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपित केसीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामप्रसाद पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ परीक्षण पुस ४ गते जिल्ला अस्पताल बेनीमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो