चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई पुस ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस ४ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएको इन्स्पेक्टर अरुणकुमार सिंहले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको र घटना गाउँघरमै मिलाउने प्रयास भएपछि ढिलोगरी पीडित पक्षले उजुरी दिएको प्रहरीले जनायो ।