INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनामा प्रहरीद्वारा मिलापत्र

इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाले कारवाहीका लागि पठाइएको कथित बोक्सी आरोपको घटना स्थानीयहरूको अनुरोधमा वडा प्रहरी कार्यालय चनद्रौटाले पुस ३ गते मिलापत्र गराएको छ ।

शिवराज नपा-९ भगवानपुरकी ६५ वर्षीया जमुना रिजाललाई सोही ठाँउका ६५ वर्षीया बुद्धज्योती कुँवरले पुस २ गते दिउँसो घाँस काट्न बारीमा गएको बेलामा ‘बोक्सी’ भन्दै बाँसको लाठीले कुटपिट गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय सुन्दरी डाँडामा पुस २ गते उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालयले आरोपित कुवँरलाई पुस २ गते गिरफ्तार गरी मुद्दा चलाउन वडा प्रहरी कार्यालय चन्द्रौटामा पठाएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाको  रोहवरमा आरोपितको मानसिक अवस्था ठिक नभएको भन्दै घाइतेको उपचार खर्च आरोपित पक्षले व्यहोर्ने शर्तमा मिलापत्र भएको वडा प्रहरी कार्यालयका सई डोरबहादुर थापाले बताए ।

पीडित महिलाको उपचार चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा गरिएको र आरोपित महिलालाई मानसिक सन्तुलन ठिक भए नभएको प्रमाणित गर्न भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनायो ।

अन्य

भिडियो