जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।
बलात्कार मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका भद्रपुर नगरपालिका–२ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्कीको मेची प्रादेशिक अस्पताल, भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको सम्बन्धी समस्या भएपछि ०८२ असोज ८ गते मेची प्रादेशिक अस्पतालमा भर्ना गरिएको सार्कीको त्यहाँ उपचार हुन नसकेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा लगिएको थियो ।
उपचारका क्रममा घोपामा असोज ८ गते राति सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
कोशी प्रदेश कार्यालय