१८ वर्षीया बालिकालाई ०८२ असोज ७ गते बलात्कार प्रयास गरेको आरोपमा धनुषाधाम नगरपालिका–१ का २२ वर्षीय राजेश महाराविरुद्ध पीडित पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दिएको छ ।
घटनापछि आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय धनुषा धामका प्रहरी निरीक्षक गणेश खनालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ९ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
सन्तोष कुमार यादव