१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय राजकुमार तामाङलाई पुस १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले मङ्सिर २९ गते बलात्कार गरेको भनी पीडित पक्षले पुस १ गते नै नौथरस्थित प्रहरी चौकीमा उजुरी दिएको छ ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको छ ।