INSEC Online

📅 २०८३ जेष्ठ २१

भोटेकोशी गाउँपालिकामा तोडफोड

जेनजी हौँ भन्ने भोटेकोशी गाउँपालिकाका स्थानीय युवाहरुले ०८२ असोज २ गते भोटेकोशी गाउँपालिकामा तोडफोड गरेका छन् ।

भोटेकोशी गाउँपालिका—४ स्थित झिर्पुमा अवस्थित माथिल्लो भोटेकोशी जलविद्युत केन्द्रसँग १० प्रतिशत शेयर माग गर्दै धर्नामा बसेका जेनजी स्थानीय युवाको समूहले पालिका र आयोजना बिच भएको वार्तामा आफूहरुलाई सहभागी नगराएको भन्दै गाउँपालिकाको कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेको स्थानीय सुन्तली श्रेष्ठले बताउनुभयो ।

स्थानीयहरुको मागलाई सम्बोधन गराउन गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पा सहितको जनप्रतिनिधिहरुले जलविद्युत केन्द्रका प्रतिनिधिहरुसँग बसेर समस्या समाधान गर्ने उदेश्यले असोज २ गते पालिका कार्यालयमा छलफल गर्दै गरेकाे अवस्थामा उनीहरुले तोडफोड गरेका थिए ।

४५ मेघावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत केन्द्रले स्थानीयहरुलाई दिनुपर्ने शेयर नदिएको भन्दै आक्रोशित समूह तीन दिनदेखि जलविद्युत केन्द्र अगाडी धर्नामा बसेका थिए । घटनाक्रम बीच आन्दोलनरत् पक्ष र जनप्रतिनिधिहरु बिच धकेलाधकेल हुँदा दुई जना सामान्य घाइते भएको गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले बताउनु भयो ।

अन्य

भिडियो