२३ वर्षीया सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिका–१ का ४२ वर्षीय अन्तरे थिङ्गलाई ०८२ भदौ २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई भदौ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले मादक पदार्थ सेवन गरी राति पीडितको घरमा गएर पतिलाई थाममा बाँधेर सुत्केरी महिलालाई बलात्कार गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताउनु भयो । पीडित महिलालाई हेटौंडास्थित सेफ हाउसमा राखिएको छ ।