INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

दाउराको चिरपट प्रहार गरी बाजे–बज्यैको हत्या गरेको आरोपमा प्रहरीले सुर्नया गाउँपालिका पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुवरलाई मङ्सिर २९ गते गिरप्तार गरेको छ ।

२९ गते बिहान साढे ११ बजेको समयमा आरोपित कुवरले ७६ वर्षीया बज्यै नारु कुवर र ८४ वर्षीय बाजे गगन कुवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख नेत्रमणी गीरीले बताए ।

आरोपित कुवरको मानसिक सन्तुलन ठिक नभएको आफन्तको भनाई छ । आरोपितलाई गिरफ्तार गरिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको गिरीले बताए ।

अन्य

भिडियो