INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशः जेनजी आन्दोलनका क्रममा ३ सय ५ ओटा भौतिक संरचना र ६ सय ९९ ओटा सवारी साधनमा तोडफोड र आगजनी

मुलुकमा व्याप्त भष्ट्राचार र कुसाशनको अन्त्य गरिनु पर्ने र सामाजिक सञ्जाल सुचारु गरिनु पर्ने मागराखि जेनजी पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको अन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा ३ सय ५ ओटा भौतिक संरचना र ६ सय ९९ ओटा सवारी साधनमा आगजनी तथा तोडफोड गरिएको प्रारम्भीक सूचनाहरु प्राप्तभएका छन् । सुदूरपश्चिम प्रदेशका नौ ओटा जिल्ला मध्ये कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलमा क्षति पुगेको र सबै भन्दा बढी कैलाली जिल्लामा १ सय ३७ ओटा भौतिक संरचना र ६ सय ७८ सवारी साधानमा क्षति पुगेको पाइएको छ । भौतिक संरचना र सवारी साधानमा गरिएको आगजनी र तोडफोटबाट भएको एकीन क्षतिको विवरण संकलन गर्न केही समय लाग्ने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । अन्दोलनका क्रममा भौतिक संरचना र सवारी साधानमा भएको क्षतिको स्थलगत तथा मिडिया अनुगमनबाट प्राप्त क्षतिको प्रारम्भीक विवरण यस प्रकार छ ।

इन्सेक प्रतिनिधि मैनामोती चौधरीबाट प्राप्त सूचना अनुसार जेनजी पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको अन्दोलनका क्रममा  भदौ २४ गते प्रदर्शनकारीहरुले  १ सय ३७ भौतिक संरचना र ६ सय ७८ सवारी साधनमा तोडफोड तथा आगजनी गरी क्षति पुगाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीको प्रारम्भिक विवरण अनुसार पाँच ओटा प्रहरी भवन, १ सय ३ ओटा सरकारी कार्यालय, १७ ओटा पार्टी कार्यालय र १२ ओटा नीजि घर गरी १ सय ३७ ओटा भौतिक संरचना र  १ सय १४ ओटा चारपाङ्ग्रे गाडी, ५ सय ४३ ओटा मोटरसाइकल, १५ ओटा साइकल र ६ ओटा तीन पाङ्ग्रे गाडी गरी  ६ सय ७८ ओटा सवारी साधनमा आगजनी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीको विवरण अनुसार पाँच  ओटा प्रहरीको भवन मध्ये तीन ओटा पुर्णरुपमा र दुई ओटामा आंशिक रुपमा क्षती भएको, एक सय तीन सरकारी कार्यालय मध्ये, दुई ओटा भवन पुर्णरुपमा नष्ट, ७० ओटा भवन आंशिक रुपमा र ३१ ओटा भवनमा सामान्य क्षती भएको, १७ ओटा पार्टी कार्यालय मध्ये ११ ओटा पार्टी कार्यालयमा आंशिक रुपमा र ६ ओटा पार्टी कार्यालयमा सामान्य क्षति, १२ ओटा निज घर मध्ये आठ ओटा घरमा आंशिक क्षति र ४ ओटा घरमा सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । १ सय १४ ओटा चारपाङ्ग्रे गाडी, ५ सय ४३ ओटा मोटरसाइकल, १५ ओटा साइकल र ६ ओटा तीन पाङ्ग्रे गरी ६ सय ७८ ओटा सवारी साधन पूर्ण रुपमा जलेर नष्ट भएको सूचना अधिकारी जोशीले बताउनु भयो  ।

उहाँले भन्नुभयो— ‘कुन कार्यालयमा कति क्षती भएको छ ? भनेर विवरण संकलनको काम भइरहेको छ । हामी सबै सरकारी कार्यालयको प्रमुखहरुसँग क्षतिको पूर्ण विवरण संकलनका लागि समन्वय गरिरहेका र्छौ । स्थानीय तह, वडा कार्यालय, बिभिन्न राजनीतिक दलका पार्टी कार्यालय र नीजि घरको क्षतिको विवरण संकलनको काम भइरहेकाले क्षतिको एकीन विवरण आउन बाँकी छ ।’

कैलाली जिल्लामा आगजनी र तोडफोड गरिएका सरकारी तथा नीजि सरचना क्षतिको प्रारम्भीक विवरणः

१) मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय

२) प्रदेश प्रमुखको कार्यालय

३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४) भौतिक पुर्वाधार विकास मन्त्रालय

५) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

६ं) सामाजिक विकास मन्त्रालय

७) भूमि व्यवस्था, कृर्षी तथा सहकारी मन्त्रालय

८) प्रदेश सभा भवन

९) प्रदेश सभा सचिवालय

१०)  मुख्य न्यायधिवक्ताको कार्यालय

१२) सभा गृह

१३) जिल्ला प्रशासन कार्यालय

१४) जिल्ला अदालत

१५) जिल्ला सरकारी वकिलको कार्यालय

१६) कैलाली जिल्ला कारागार

१७) जिल्ला वन डिभिजन कार्यालय

१८) शहरी विकास तथा भवन निर्माण कार्यालय

१९) भन्सार कार्यालय

२०) आन्तरिक राजश्व कार्यालय

२१) कोष  तथा लेखा नियन्त्रण कार्यालय

२२) ग्रामिण उपभोक्ता संरक्षण कार्यालय

२३) यातायात कार्यालय

२४) भुमिसुधार तथा मालपोत कार्यालय

२५) नापी कार्यालय,

२६) भुमिगत जलस्रोत कार्यालय

२७) सिटीभिटीको प्रदेश कार्यालय

२८) घरेलु तथा साना उद्योग कार्यालय

२९) शहकारी डिभिजन कार्यालय

३०) प्रदेश लोक सेवा कार्यालय

३१) धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय

३२) धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालय

३३) धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालय

३४) गोदावरी नगरपालिका

३५) गौरीगंगा  नगरपालिका

३६) घोडाघोडी नगरपालिका

३७) घोडाघोडी नगरपालिका वडा नम्बर ५ को कार्यालय

३८) लम्कीचुँहा नगरपालिका

३९) टिकापुर नगरपालिका

४०) भजनी नगरपालिका

४१) कैलारी गाउँपालिका

४२) कैलारी गाउँपालिका वडा नम्बर १ को कार्यालय

४३) कैलारी गाउँपालिका वडा नम्बर २ को कार्यालय

४४) कैलारी गाउँपालिका वडा नम्बर ९ को कार्यालय

४५) जोशीपुर  गाउँपालिका वडा नम्बर ५ को कार्यालय

४६) जोशपिुर  गाउँपालिका वडा नम्बर ७ को कार्यालय    १) नेपाली कांग्रेस पार्टी कार्यालय

४७) नेकपा एमाले पार्टी कार्यालय

४८) नेकपा माओवादी पार्टी कार्यालय

४९) सुपरमार्केट भाटभटेनी   १) पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास,धनगढी

५०) नेकपा एमाले नेता लेखराज भट्टको घर

५१) नेकपा एमाले नेता हरीसिंह साउदको घर

५१) नेपाली कांग्रेस नेता तथा गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टको घर

५३) नेपाली कांग्रेस नेता तथा कैलारी गाउँपालिकाका अध्यक्ष  राजसमझ चौधरीको घर

५४) नागरिक उन्मुक्ती पार्टीका नेता रेशमलाल चौधरीको घर

५५) नागरिक उन्मुक्ती पार्टीका नेता तथा टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराको घर

इन्सेक प्रतिनिधि सत्यराज सिंहबाट प्राप्त सूचना अनुसार जेनजी आन्दोलनकारीहरुले भदौ २४ गते सदरमुकाम चैनपुर बजारमा शान्तिपूर्ण प्रदर्शन गरिएको भए पनि भदौ २५ गते आन्दोलनकारीहरुले बुंगल नगरपालिकाको कार्यालयमा तोडफोड गरे । मेयर जयबहादुर धामी र उपमेयर धनबहादुर बोहराको कार्यकक्षमा रहेका टेबल, कुर्सी र कागजात आन्दोलनकारीहरुले जलाएका थिए । यद्यपि, नगरपालिकाको भवनमा भने कुनै क्षति नभएको स्थानीय सुरेश धामीले बताए । यसैगरी जेनजी समर्थकले भदौ २५ गते तलकोट गाउँपालिका–१ को कार्यालयमा पनि तोडफोड गरेका थिए । कार्यालयभित्रका टेबल, ल्यापटप, दराज, सोफा, कुर्सी, सिकाइ केन्द्रका सामग्री, हुलाकका फाइल र वडाका कागजात आन्दोलनकारीले जलाइएको वडाध्यक्ष रामचन्द्र रावलले बताए ।

जेनजी आन्दालेनका क्रममा भदौ २४ गते राति जिल्ला कारागार,बझाङमा रहेका ८५ जना कैदीमध्ये ६५ जना कैदी कारागार तोडफोड गरी फरार भएका थिए । तीमध्ये ४६ जनालाई प्रहरीले गिरफ्तार गरेको जेलर राजेन्द्र फराडाले बताए । गिरफ्तार गर्ने क्रममा कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका चन्द्र पुन र रोहन सुनार घाइते भएका थिए । चन्द्र पुन सामान्य घाइते भएकाले उपचारपछि जिल्ला कारागारमै फर्काइएको, गम्भीर घाइते सुनारलाई थप उपचारका लागि धनगढी लगिएको र हाल उनलाई कैलाली कारागारमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, बझाङका सूचना अधिकारी तथा इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले बताए ।

इन्सेक प्रतिनिधि नरेन्द्रसिंह कार्कीबाट प्राप्त सूचना अनुसार जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको अन्दोलनका क्रममा प्रदर्शनकारीहरुले भदौ २४ गते दुहुँ गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरे भने नेकपा एमाले, नेपाली कांग्रेस, गोकुलेश्वर अस्पताल र लोकदर्पण एफएममा तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट कार्यालयमा रहेका सामाग्रीहरुमा क्षति पुगेको भए पनि एकीन क्षतिको विवरण संकलिन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ ।

इन्सेक प्रतिनिधि सुबास नेपालीबाट प्राप्त सूचना अनुसार जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते आन्दोलनकारीहरुले दिपायल सिलगढि नगरपालिकाको नगर बस, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरी क्षति पुगाएका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, नापी कार्यालय तोडफोड गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आन्दोलनकारीहरुले तोडफोड गर्दा कार्यालयको गेट, ६० ओटा झ्याल, टेलिभिजन,.बा. २ झ नम्बरको स्कारपियो गाडी, राष्ट्रिय परिचयपत्र शाखामा प्रयोग हुने स्क्यानर एक थान, आईरिस एक थान सिग्नेचर प्याड एक थान र युपियस एक थान, नापी कार्यालयका १३ ओटा झ्यालका सिसा ,कृषि ज्ञान केन्द्रको डिजिटल सूचना बोर्ड, ६ ओटा झ्यालका सिसा, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका  सात ओटा झ्यालका सिसा, डिजिटल सूचना बोर्ड, सिसिटिभी क्यामेरामा पूर्ण क्षति भएको छ । यसैगरी दिपायल सिलगढि नगरपालिकाको से १ ख १७३३ नं को नगर बसमा आगजनी हुनुका साथै से १ ख २० ७९ नं को बस, जे सि बिमा तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीको भवनमा रहेका झ्यालका सिसाहरु फुयाईएको छ भने सशस्त्र प्रहरी बलको वान टन गाडीमा तोडफोड गरिएको छ ।

इन्सेक प्रतिनिधि शेरबहादुर भण्डारीबाट प्राप्त सूचना अनुसार जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्लामा २ करोड ५३ लाख ४५ हजार ८ सय रुपियाँ  बराबरको क्षति भएको प्रारम्भीक विवरण प्राप्तभएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सुब्बा चन्द्र रोकायले दिनुभएको तथ्याङ्क अनुसार सरकारी, गैरसरकारी कार्यालय, पार्टी कार्यालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्रीको घरमा आगजनी र तोडफोड गरिएको छ । उहाँका अनुसार अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचन कार्यालय, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) बहुउद्देशीय विकास समाज (एमपीडीएस), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, रास्वपा, बिपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजनी र तोडफोडबाट भएको प्रारम्भीक क्षति विवरण रहको छ ।

प्रहरीले उठाएको मुचुल्का अनुसार भदौ २९ गतेसम्ममा भूमिसुधार तथा मालतोत कार्यालय, डडेल्धुरामा २९ लाख ९९ हजार ६ सय ९४, कारागार कार्यालय, डडेल्धुरामा ७५ हजार, नेपाली काँग्रेस पार्टी कार्यालयमा ५ लाख ४१ हजार, यातायात कार्यालय, डडेल्धुरामा ७ लाख १३ हजार ५ सय, अमरगढी नगरपालिकामा २८ लाख ८० हजार, अमरगढी नगरपालिका–५ को कार्यालयमा २ लाख १० हजार, आन्तरिक राजश्व कार्यालय, डडेल्धुरामा ५० लाख, नापी कार्यालयमा १३ लाख ८९ हजार ३ सय ६, निर्वाचन कार्यालय डडेल्धुरामा १४ लाख ४ हजार, रुडुकमा ३९ लाख १ हजार ४ सय, राज्यमन्त्री सरस्वती खड्काको घरमा ४० लाख १ हजार, नेकपा एमाले पार्टी कार्यालयमा १२ लाख २७ हजार, एमपीडीएसमा १० लाख २० हजार ९ सय रुपियाँ बराबरको क्षति भएको छ ।

आन्दोलनकारीहरुले नेकपा माअ‍ेवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस विपीको कार्यालय तोडफेड र आगजनी गरेका थिए भने नवदुर्गाै गाउँपालिका–५ को वडा कार्यालयमा समेत आगजनी गरिएको थियो। तर, यी ठाउँको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

मालपोत कार्यालयमा दुई ओटा मोटरसाइक, कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका सामग्री ध्वस्त भएको कार्यालय प्रमुख कमलापति भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार झ्यालका सिसा फुटाइएका छन् । अनलाइन सूचीकृत नभएका मोठ ध्वस्त हुँदा अभिलेख पनि नष्ट भएका छन् ।

इन्सेक प्रतिनिधि नरी बडुबाट प्राप्त सूचना अनुसार जेनजी आन्दोलनका क्रममा जिल्लाका बिभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गरिएको भए पनि भदौ २५ गते नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोट र माओवादी पार्टी कार्यालय र पुर्चौडी नगरपालिकाको स्काभेटरमा आगजनी आगजनी गरे । जेनजी पुस्ताले गरेको आन्दोलनको मौकाछोपी जिल्ला कारागारमा रहेका ६२ जना कैदीबन्दीहरुले कारागार तोडफोड गरी फरार रहेका थिए । फरार रहेका ६२ जना कैदीबन्दी मध्ये ५१ जना कैदीबन्दीहरु कारागारमा उपस्थित भइसकेको जिल्ला प्रहरी कार्याल्य, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेयले बताउनु भयो ।

इन्सेक प्रतिनिधि लिली कुँवरका अनुसार जेनजी आन्दोलनका क्रममा कञ्चनपुर जिल्लामा पनि भौतिक संरचना र सवारी साधनहरुमा आगजनी तथा तोडफोड गरिएको पाइएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरुले  सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भीमदत्त नगरपालिका, पार्टी कार्यालय, नेता, सांसद र मन्त्रीका घर, सवारी साधानमा आगजनी र तोडफोड गरियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार कञ्चनपुर जिल्लामा जेनजी आन्दोलनका क्रममा २५ ओटा सरकारी कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका नीजि घर, चार ओटा व्यापारी केन्द्र र १६ ओटामा सवारी साधानमा आगजनी तथा तोडफोड गरिएको छ ।

आगजनी र तोडफोड गरिएका सरकारी कार्यालयहरुमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरपयोग अनुसन्धान कार्यालय, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिकाको कार्यालय, शुक्लाफाँटा नगरपालिकाका वडा नम्बर १, ७ र ८ का वडा कार्यालय, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका, पुनर्वास नगरपालिकाको कार्यालय, कृष्णपुर नगरपालिकाको कार्यालय, भीमदत्त नगरपालिका–१८ स्थित नेकपा एमालेको पार्टी कार्यालय र नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ भने जिल्ला कारागार, इलाका प्रहरी कार्यालय, त्रिभूवनबस्ती, इलाका प्रहरी कार्यालय,गुलरिया, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४,५,६,९,१०,११ र १२ का कार्यालय, कृष्णपुर नगरपालिका वडा नम्बर २ को कार्यालय, कृष्णपुर नगरपालिका वडा नम्बर १ को कार्यालय, कृष्णपुर नगरपालिका वडा नम्बर ५ र ७ को कार्यालय, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका, माओवादी पार्टी कार्यालय, नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय र दोधारा चाँदनीमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड गरिएको छ ।

यसैगरी आन्दोलनकारीहरुले पूर्वगृहमन्त्री रमेश लेखकको २ ओटा घरमा आगजनी, तोडफोड  र लुटपाट, पूर्वमुख्यमन्त्री राजेन्द्र रावलको घरमा आगजनी  र लुटपाट, पूर्वमन्त्री प्रकाश रावलको घरमा आगजनी, तोडफोड र लुटपाट, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको २ घरमा आगजनी र तोडफोड, भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखकको घरमा आगजनी र तोडफोड, एमालेका पूर्वसांसद निरु पालका २ ओटा घरमा आगजनी र तोडफोड, प्रदेश सभा सदस्य मधु भारतीको घरमा आगजनी र तोडफोड, वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको घरमा आगजनी र तोडफोड, भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्र विष्टको घरमा आगजनी र तोडफोड, जिसस प्रमुख दुर्गादत्त बोहराको घरमा आगजनी र तोडफोड, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घरमा आगजनी तोडफोड र कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको घरमा आगजनी गरिएको छ ।

यसैगरी होटेल ओपेरा र सीएमजी क्यासिनोमा तोडफोड र लुटपाट, विपिन पुस्तक पसलमा आगजनी र तोडफोड, रोयल सिलाई सेन्टरमा आगजनी र तोडफोड र डायमन्ड क्यासिनोमा तोडफोड र लुटपाट गरिएको छ ।

आन्दोलनकारीहरुले पुनर्वास नगरपालिकाका मेयर चढ्ने कार– सु.प.प्र.०१ छ ३६७ नम्बरको गाडीमा र प्रमुख प्रशासकीय अधिकृत चढ्ने से १ झ २३० नम्बरको गाडी, सु.प.प्र.०१ ब २४२०, सु.प.प्र. ०१ २१२७, से १ ब २८९, बा ९९ प १७०१ र म १ ब ६५१ नम्बरको मोटरसाइकलमा र कृष्णपुर नगरपालिकाको कार्यालय परिसरभित्र पार्किङ गरी राखेका तीन ओटा मोटरसाइकल र दुई ओटा स्कुटीमा आगजनी गरेका छन्  भने सु.प.प्र.०१००२ ग १७८ शव वाहन डाडी र दमकल, से १ ग ९९ नम्बरको रोलर र से १ द १६ नम्बरको ट्रयाक्टरमा तोडफोड गरेका छन् ।

अन्य

भिडियो