मालिका गाउँपालिका–७ घमिरको टुनिपाटामा पहिरोका कारण चार परिवार विस्थापित भएका छन् । भदौ २७ गतेदेखि सुरु भएको पहिरो बढ्दै गएपछि अनबहादुर रोका मगर, थम्मन बहादुर विक, पूर्णबहादुर विक र टिकाबहादुर विकको परिवार विस्थापित भई छिमेकीमा आश्रय लिइरहेको स्थानीय तेजेन्द्र अर्यालले बताउनुभयो । स्थानीयको अनुसार घमिरको सबैभन्दा ठूलो पहिरो हो । यो गाउँमा ८० प्रतिशत दलित समुदायका व्यक्तिहरु बसोबास गर्दछन् । बस्तीभन्दा माथिबाट ठूलो पहिरो गएको र पछिल्लो दुई दिन निरन्तर बर्षा भएकाले रातभर जागराम बस्ने अवस्था आएको मालिका गाउँपालिका–७ घमिरका डेम बहादुर खत्रीले बताउनुभयो । पहिरोले निस्ति गुराँसे–इस्मा खानेपानीको पाइपलाइन बगाएपछि इस्मा गाउँपालिकाका विभिन्न गाउँहरुमा पुग्ने खानेपानी समेत अवरुद्ध भएको छ । चार दिनदेखि खानेपानी अवरुद्ध भएपनि बर्षात नरोकिएसम्म मर्मत गर्ने अवस्था नरहेको इस्मा खानेपानी बोर्डका अध्यक्ष कृष्ण प्रसाद रिजालले बताउनुभयो । अहिले तत्काल स्थानीयलाई मानवीय क्षति हुनबाट जोगाउन बिस्थापित परिवारको व्यावस्थापनको काम मात्रै भएको मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखा कुमार जिसीले बताउनुभयो ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने