INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर कारागारबाट भागेका कैदीबन्दी बर्दियाबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा चितवनको भरतपुर कारागारबाट भागेका ४७ वर्षीय कैदीबन्दीलाई ०८२ भदौ २७ गते बेलुकी प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका-७ पचासाबाट गिरफ्तार गरेको छ ।

आफ्नै घरमा लुकेर बसेको भन्ने सूचनाको आधारमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनुभयो ।

कसुरदारले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला अदालतले २१ वर्ष कैद सजायको फैसला गरेको थिए ।  कसुरदारले  आठ वर्ष कैद भुक्तान गरिसकेका छन् । गिरफ्तार गरिएका कसुरदारलाई कारागार पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो