INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोका कारण नौ घर जोखिममा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जिल्लाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण नौ घर जोखिममा परेका छन ।

केही दिनयताको वर्षाका कारण तलबाट पहिरोले बस्ती नै तानेपछि साँगुरीगढीका नौ घर पहिरोको जोखिममा परेका हुन ।

पहिरोले कारण साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनका केवलप्रसाद मगर, मोहन मगर, विष्णबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर, रणबहादुर मगर र ज्ञान रानाको घर पूर्णरुपमा जोखिममा परेका छन् ।

रवि–राँके सडक निर्माणका कारण तलबाट पहिरोले बस्ती नै तान्दा घरहरु जोखिममा परेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो । पहिरोका कारण नौ घर जोखिममा परेसँगै ४२ जना घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष रुम्दाली राईले बताउनु भयो ।

पहिरोले बस्ती तन्दा घरहरु भत्किएका, चिरा परेका र कतिपय घरमा बस्न नमिल्ने अवस्था भएको छ । इलाका प्रहरी कार्यालय भेडेटारका डिएसपी रमेश प्रधानले पहिरोका कारण जोखिममा परेकाहरुलाई स्थानान्तरण गरिएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिरोका कारण जोखिममा परेकाहरुलाई  तत्काल उद्दारका लागि सुरक्षाकर्मी खटाइएको बताउनु भयो । उहाँले राहतका लागि सम्पूर्ण जिम्मेवार तथा अधिकार स्थानीय सरकारलाई नै दिएको हुनाले पनि स्थानीय तहले केही काम गर्न नसकेको अवस्थामा माथिल्लो निकायसँग सहकार्य  गर्ने गरी पहिरो पीडितहरुलाई उद्दार र राहतको व्यवस्था मिलाइने तयारी थालिएको बताउनु भएको छ ।

अन्य

भिडियो