INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिकालाई यातना दिएको घटनाका आरोपितहरु गिरफ्तार

११ वर्षीया बालिकालाई कुटपिट गरी यातना दिएको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका— १ स्याउलेकी ३६ वर्षीया मंगली श्रेष्ठ र राकेश श्रेष्ठलाई ०८२ असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितहरुले बालिकालाई मोवाइल फोन चोरेको आरोपमा दाम्लोले बाँधेर तातो रडले शरीरको विभिन्न भागमा डामेको, सिस्नोपानी लगाएको, टाउकोबाट पानी खन्याएर रातभरी दाम्लोले बाँधेर यातना दिएकी थिइन् ।

बालिकालाई दाम्लोले बाँधेकै अवस्थामा फेला पारेर उद्धार गरी स्वास्थ्य चौकी लगेको स्याउलेकी मिठ्ठु तमाङले बताउनुभयो ।

बालिकाको शरिरको विभिन्न भागमा तातो रडले पोलेको डाम रहेको, लठ्ठीले कुटेको निलडाम रहेको, दाम्लोले बाँधेर हातमा निलडाम रहेको, शरीर कामेको, बालिका मानसिक रुपले डराएको अवस्था रहेकोले न्यायका लागि वडा कार्यालयमा रेफर गरेको स्याउले स्वास्थ्य चौकी इन्चार्ज अस्मिता कार्कीले बताउनुभयो ।

वडा कार्यालय पुगेकी बालिकालाई उपचार सहित न्यायका लागि आफूले पहल गरेको चौतारा साँगाचोकगढी नपा— १ का वडाअध्यक्ष युवलाल श्रेष्ठले बताउनुभयो ।

पीडित बालिकालाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो