आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका १० जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट असोज ५ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकाहरुमा दाङ कारागारका तीन जना, नवलपरासी कारागारका दुई जना, कास्की कारागारका एक जना, नख्खु कारागारका एक जना र केन्द्रीय कारागारका तीन जना रहेको जिल्ला कारागार कपिलवस्तुका निमित्त प्रमुख रेशमलाल भुसालले बताउनुभयो ।
त्यसैगरी कपिलवस्तु कारागारमा जम्मा ४ सय ७० जना कैदीबन्दीहरु रहेकोमा ४ सय ३५ जना आन्दोलनका क्रममा भागेका थिए । अहिले कपिलवस्तु कारागारमा जम्मा २ सय ७९ जना कैदीबन्दीहरु रहेका छन् । भागेका अन्य कैदीबन्दीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।
यस अघि विभिन्न कारागारबाट भागेका १९ जना कैदीहरुमध्ये आठ जना केन्द्रीय कारागार, आठ जना नख्खु कारागार र एक जना नवलपरासीका कैदीहरुलाई सम्बन्धित कारागारमा पठाइएको कारागार प्रशासनले जनाएको छ ।