२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– ५ का २० वर्षीय असिल श्रेष्ठ र रामपुर नगरपालिका–४ का २० वर्षीय प्रवेश मल्ललाई ०८२ असोज ४ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितहरुले महिलालाई असार २५ गते र भदौ १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असोज ४ गते पाल्पा अस्पतालमा गरिएको छ ।