INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहार गरी पत्नीको हत्या प्रयास

इलाम नगरपालिका-१ साखेजुङकी ४० वर्षीया टीकामाया राईलाई ०८२ असोज ६ गते ४५ वर्षीय पति प्रकाशचन्द्र राईले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् ।

घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानबहादुर राईले बताउनु भयो ।

खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेकी पीडितको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पताल लगिएको छ ।

खुकुरी प्रहार गरी पत्नीको हत्या प्रयास गरेका  प्रकाशचन्द्रले असोज ६ गते नै झुण्डिएर आत्महत्या गरेको इन्स्पेक्टर मानबहादुर राईले बताउनु भयो ।

प्रकाशचन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अन्य

भिडियो