INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

हरिपुर्वा नगरपालिका–६ का एक निजी विद्यालयका शिक्षक ४६ वर्षीय रामपुकार यादवको ०८२ साउन ३० गते राती गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले हरीपूर्वा नगरपालिका–६ का २६ वर्षीय सन्तोष भनिने अभि कुमार यादवलाई असोज २ गते गिरफ्तार गरेको छ ।

शिक्षक यादव आफ्नै घर अगाडि छरछिमेकीसँग बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले टाउकोमा गोली प्रहार गरेका थिए ।

प्रहरीले आरोपितहरु हरिपुर्वा नगरपालिका–५ का २७ वर्षीय धिरु भनिने धिरेन्द्र यादवलाई भदौ २ गते र हरिपुर्वा नगरपालिका–६ का २६ वर्षीय सन्तोष भनिने अभि कुमार यादवलाई असोज २ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

प्रहरीले घटना स्थलबाट बीआर ३० ए जी २३५४ नम्बरको भारतीय मोटरसाइकल र घाइते अवस्थामा धिरेन्द्रलाई फेला पारे पश्चात् जनकपुरमा उपचारपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

अन्य

भिडियो