INSEC Online

📅 २०८३ जेष्ठ २१

जेलबाट भागेका कैदीले गरे पत्नीको हत्या

पनौती नपा–१२ कलाँती गागलकी ३१ वर्षीया जमुना तामाङ तीन दिनदेखि हराइरहेको र खोजतलास गर्ने क्रममा पतिले घर पछाडी करेसामा हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका ३६ वर्षीय सन्तबहादुर तामाङ  घर आएका थिए । पत्नी जमुनासँग केही दिनदेखि झगडा गर्दै आएका उनले पत्नीको हत्या गरी फरार भएका हुन् । जर्बजस्ती करणीमा तीन वर्ष कैद सजाय पाएका तामाङको कैद अवधी भुक्तान गर्न एक महिना मात्रै बाँकी थियो ।

मृतकका ११ वर्षीय छोरा र तीन वर्षीया छोरी छन् । प्रहरीले घटनाको अध्ययन गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।

अन्य

भिडियो