INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कारपछि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका-३ पिपलडाँडाका ५० वर्षीय रामशरण नेपालीलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरी हत्या गर्ने उद्धेश्यले भीरबाट खसालिदिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

घाइते भएकी पीडित महिलालाई स्थानीयले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि ल्याएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचार काठमाडौँको ट्रमा सेन्टरमा गरिरहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते नै जिल्ला अस्पतालमा गरिएको छ । आरोपित नेपालीलाई बलात्कार र हत्या प्रयासमा मुद्धा चलाउन अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो