२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई मसिर २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
गिरफ्तार गरिएका बस्नेतलाई जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी टंक भट्टराईले जानकारी दिए । पीडित महिलाको भने स्वास्थ्य परीक्षण मङ्सिर २१ गते जिल्ला अस्पतालमा गरिएको छ ।