INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रेसर कुकर बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

शारदा नपा-३ खलङ्गास्थित ब्रम्हृकुमारी राज योग सेवा केन्द्रको जमीनमा गाडेको अवस्थामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले मङ्सिर १८ गते निष्कृय बनाएको छ ।

उक्त बम मङ्सिर १८ गते साँझ भेटिएपछि स्थानीयबासीले प्रहरीलाई तत्काल खबर गरेका थिए । भेटिएको बमलाई नेपाली सेनाको भगवतीप्रसाद गुल्मको बम डिस्पोजल टोलीले निष्कृय बनाएको हो ।

ब्रम्हृकुमारी राज योग सेवा केन्द्रको जमीन खनेर समथर बनाउने क्रममा शारदा नपा-३ स्थित जिल्ला हुलाक कार्यालय र ब्रम्हृकुमारी राज योग सेवा केन्द्रको बीचमा उक्त बम भेटिएको हो ।

बमलाई निष्कृय बनाउँदा कुनै क्षति नभएको नेपाली सेनाले जनाएको छ । भेटिएको प्रेसर कुकर बम पुरानो भएकाले सशस्त्र द्वन्द्वको समयमा राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

अन्य

भिडियो