INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गुर्भाकोट नपा–६ की ३३ वर्षीया भुमी विसीलाई कुटपिट गरी घरको तलाबाट खसालेको आरोपमा प्रहरीले ३६ वर्षीय पति अर्जुन केसीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडितका बुबा वीरबहादुर विसीले मङ्सिर ११ गते प्रहरी चौकी मेहेलकुनामा ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पतिले घरायसी विषयमा भएको विवादमा मङ्सिर ११ गते बिहान कुटपिट गरी घरको तलाबाट खसालेपछि पीडितको दाहिने आँखा र टाउकोमा चोट लागेको छ । पीडितको उपचार मेडिकल कलेज नेपालगञ्जमा भइरहेको छ ।

आरोपितले पत्नीलाई यस अघिपनि पटकपटक कुटपिट गर्ने गरेको मेहेलकुना प्रहरी चौकीका इञ्चार्ज सर्वजित बलेलीले जानकारी दिए ।

अन्य

भिडियो