INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया पत्नी राममाया तमाङको हत्या गरी फरार भएका ३५ वर्षीय पति तस्बिर तमाङलाई मङ्सिर १२ गते प्रहरीले रामेछापबाट गिरफ्तार गरेको जनाएको छ ।

मङ्सिर १० गते बेलुकी पति पत्नीबिच झगडा हुँदा काठको मुस्ली (आग्लो) ले टाउको, अनुहार र शरीरमा प्रहार गरी मारेर तस्बिर तमाङ फरार रहेका थिए ।

आरोपित तस्बिर तमाङलाई दोलखा र रामेछापको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रामेछाप जिल्ला मन्थली नगरपालिका–१ भैसेश्वर भन्ने ठाउँमा बस चेकजाँच गर्ने क्रममा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, दोलखाका इन्स्पेक्टर माधवप्रसाद काफ्लेले बताए ।

शवको पोष्टमार्टम मङ्सिर ११ गते जिरी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो