सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानुन तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा मङ्सिर ११ गते काठमाडौँमा आयोजित ‘ऐन कार्यान्वयनमापन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने गोष्ठी’ को उद्घाटनमा उनले संविधानसँग बाझिएका २ सय कानुन भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुरेका हुन् ।
सभामुख महराले भने-“संविधानसँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गर्नुपर्ने व्यवस्था छ । २ सय कानुन संविधानसँग बाझिएका छन् । छिटोभन्दा छिटो संसद्मा आओस् ।”
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सि नाले नयाँ संविधानअनुसार बनेका नयाँ १ सय २४ र पुराना ३ सय ३९ कानुन नयाँ संविधानअनुसार संशोधन गर्नुपर्ने जरुरी भएको बताए ।
उनले आम नागरिकलाई सम्बोधन गरेर बनाइएका कानुन प्रभावकारी भए/नभएको अध्ययन गर्न जरुरी भएको उल्लेख गरे ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समयअनुसार कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै कानुन लागू गर्न र अप्ठ्यारो परेर दबाब आएमात्रै कानुन संशोधन गर्ने चलन सही नभएको बताए ।
उनले निर्माण भएका कानुन सही रुपमा कार्यान्वयनमा आएको वा नआएको वा समयअनुकूल कानुन परिमार्जन गर्नुपर्ने कुरामा सधैँ ध्यान दिनुपर्नेमा जोड दिए ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा कानुन १८–२० चरण प्रक्रिया पार गरेर बनाउनुपर्ने भएको हुँदा कानुन बनाउनु पूर्व नै समाजमा त्यो कानुन उपयुक्त वा समायाकूल हुने वा नहुने कुरामा अध्ययन गर्न जरुरी भएको बताए । समाचार साभारः रासस