INSEC Online

📅 २०८३ जेष्ठ २१

बाबुआमा विहीन बालिकालाई इन्सेकको सहयोग

कमलामाई नगरपालिका-१३ की ९ वर्षीया बालिकालाई इन्सेक जिल्ला कार्यालय सिन्धुलीले न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेको छ ।

घरेलु हिंसाबाट पीडित भएकी पूजा वि.कको कोखबाट जन्मेकी स्वर्णिका बिक आमाको मृत्यु र बावुको अत्तोपत्तो नहुँदा अविभावक विहीन बन्न पुगेकी छिन् ।

Photo20181126Sindhuli1

बालिकालाई ओरेकका जिल्ला संयोजक सपना थापा, सामाजिक परिचालक तथा स्थानीय सोभा बख्रेलको रोहबरमा इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । उनले बालिकालाई निरन्तर विद्यालय पठाउन र जाडोबाट जोगाउनका लागि सहयोग गरिएको बताइन्  ।

बालिकालाई जाडोमा विद्यालय जाँदा लगाउने न्यानो लुगा तथा स्टेशनरी सहयोग गरिएको हो । गत वैशाखमा टिवी तथा क्यान्सर रोगका कारण आमा गुमाएकी बालिका मावली पट्टीका सौतेनी हजुरबुवा हजुरआमासँग बस्दै आएकी छन् भने उनी भन्दा डेढ, दुई वर्ष जेठी दिदी भूमिका समेत मरिणमा अरूकै घरमा काम गर्न बसेको ओरेकका सामाजिक परिचालक तथा स्थानीय शोभा बख्रेलले बताइन् ।

बालिका स्थानीय बालज्योति प्रावि काङ्गृङ महडामा कक्षा दुईमा पढ्दै छिन् । विद्यालयमा शिक्षकले कापी कलम उपलब्ध गराएमा मात्र लेख्ने पढ्ने गरेको र आश्रय दिएका हजुरबुवा हजुरआमाले समेत कापी कलम किनिदिन सक्ने अवस्था नरहेको बख्रेलले बताइन् ।

बख्रेलका अनुसार बालिकाको जन्मदर्ता गरिदिने समेत कोही छैनन् । बालिकाका बुवा सिन्धुलीबाट चन्द्रनिगाहापुरमा बसाई सरेको भनिए पनि पत्ता नलागेको उनले बताइन् ।

अन्य

भिडियो