INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला अधिकार प्राप्तिका लागि कार्यान्वयन प्रणालीमा सुधार आवश्यक 

प्रतिनिधिसभाका सदस्य पार्वती विशुन्केले महिला अधिकार प्रत्याभूतिका लागि कार्यान्वयन प्रणालीमा सुधार ल्याउन जरूरी रहेको बताएकी छिन् ।

दैलेख सदरमुकाममा मङ्सिर ९ गते गरिएको महिला हिंसाविरूद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो धारणा राखेकी हुन् ।

साँसद विशुन्केले महिला हिंसा र घरेलु हिंसा रोकथामका निम्ति बनेका नियम कानुन पर्याप्त भएको बताउँदै कार्यान्वय प्रणालीमा स्थानीय तह, प्रहरी–प्रशासन र अदालत अझै सम्वेदनशील हुनुपर्ने बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले महिला हिंसा रोकथाम प्रभावकारी बनाउन ग्रामीण क्षेत्रमा बढी ध्यान दिनुपर्ने बताए ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले महिलाहरूको आर्थिक उपार्जनमा बढावा दिन सके अधिकार संरक्षण अभियान सफल हुने तर्क राखे ।

कार्यक्रमअघि जनप्रतिनिधिहरू, सरकारी कार्यालय तथा इन्सेकलगायतका गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा दैलेख बजारको गणेशचोकबाट आरम्भ भएको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो ।

२५ नोभेम्वरदेखि १० डिसेम्वरसम्मका १६ दिनलाई लैङ्गिक हिंसाविरूद्धका १६ दिने अभियानका रूपमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

यो अवधिमा दैलेखमा पनि हरेक दिन विभिन्न कार्यक्रम गर्ने गरी कार्यक्रम तय गरिएको छ । त्यस अन्तर्गत इन्सेक र बालिका बचाउ अभियानको आयोजनमा सरस्वती मावि तर्ताङ्गमा मङ्सिर १४ गते किशोरी शिक्षा कार्यक्रम गर्ने मूल समितिले निर्णय गरेको छ ।

अन्य

भिडियो