१४ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–३ का २१ वर्षीय उमेश विष्टलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २ गते उजुरी दिएको थियो । घटना लगत्तै आरोपित फरार भएका थिए । नौ दिनपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन चक्रघट्टी स्वास्थ्य चौकीमा गरिएको थियो ।