दुहबी नगरपलिका-९ सोनापुरमा मङ्सिर ५ गते बिहान साँढे ६ बजे मर्निङ वाकमा निस्किएका सोही ठाउँका ५० वर्षीय फिदा हुसेनलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका अपरिचित दुई जना व्यक्तिले प्रहार गरेको गोली लागेर घटनास्थलमै हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी राजन अधिकारीले बताए ।
गोली प्रहार गरी सो समूह विराटनगरतर्फ भागेको एसपी अधिकारीको भनाई छ । यो समाचार तयार पर्दासम्म घटनास्थलमा भेला भएका स्थानीयले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् ।
शवको मुचुल्का गरी पोष्टमार्टमका लागि समय लाग्ने एसपी अधिकारीले बताए । सुनसरीको भुटाहामा केही समयअघि खुर्सिद आलमको यसै गरी अज्ञात पक्षले गोली हानी हत्या गरेको थियो ।
सो घटनामा संलग्नहरूलाई प्रहरीले अझै गिरफ्तार गर्न सकेको छैन ।