INSEC Online

📅 २०८३ जेष्ठ २२

वातावरण संरक्षणका लागि सरकारलाई सिफारिश

राष्ट्रिय अधिकार आयोगले स्वच्छ वातावरणको हकसम्बन्धमा आयोगमा परेका उजुरीमा अनुगमन तथा अनुसन्धान गरी निर्णय कार्यान्वयनका लागि कात्तिक ३० गते सरकारलाई सिफारिश गरेको छ ।

आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार कार्यान्वयनका लागि सिफारिश भएका निर्णयमा विकास निर्माणका कार्यको व्यवस्थापन, नियमित अनुगमन र जनचेतना, जबाफदेही प्रणालीको विकास रहेको छ ।

त्यसैगरी, सवारी साधन व्यवस्थापन, मापदण्ड र कानूनको कार्यान्वयन, प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन, फोहरमैला सङ्कलन व्यवस्थापन, फोहरमैला विसर्जनस्थल, वायु प्रदूषणको तथ्याङ्क सङ्कलन, विश्लेषणलगायत विषयमा समावेश गरिएको छ ।

काठमाडौँ उपत्यकामा विकास निर्माण कार्यबाट वातावरण प्रदूषण भई नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको एवम् सर्वोच्च अदालतबाट वातावरणको संरक्षण सम्बन्धमा भएका आदेशहरूको समेत सम्बन्धित निकायले पालना नगरेको कारण वातावरण प्रदूषण वृद्धि भएको हुँदा छानबिन तथा आवश्यक पहल गरिपाऊँ भनी आयोगमा उजुरी परेको थियो । समाचार साभारः रासस

अन्य

भिडियो