मिथिला नगरपालिका–ढल्केबरमा २ वर्ष ६ महिनाका आर्यन साहलाई बली चढाएर हत्या गरेको आरोपमा प्रहरीले मिथिला नपा–६ ढल्केवरका धामी ५५ वर्षीय शत्रुधन महतोलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।
अनुसन्धानका क्रममा महतोले ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको वैशाख २४ गते हत्या शक्तिशाली धामी बन्नकै लागि गरेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।
बालकको शव घर नजिकैको झाडीमा वैशाख २५ गते फेला परेको थियो । वैशाख २४ गते आर्यन घरबाटै अपहरणमा परेका थिए ।
महतोमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले बताए । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जेठ १५ गते उजुरी दिएको छ ।
शवको पोष्टमार्टम वैशाख २५ गते जनकपुर अञ्चल अस्पतालमा भएको छ ।