INSEC Online

📅 २०८३ जेष्ठ २२

महिला हिंसाका घटनामा संवेदनशील बन्नुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला माथि हुने हिंसा घटनाका पीडितहरूलाई न्याय दिलाउन सबैपक्ष संवेदनशील बनेमात्रै हिंसा न्यूनीकरण हुने बताएकी छिन् ।
आयोगद्वारा जेठ ८ गते वीरेन्द्रनगरमा सम्पन्न महिला हिंसा न्यूनीकरण र मानव अधिकार संरक्षण एवम् सुरक्षामा नेपाल प्रहरीको जबाफदेहिता विषयक राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै प्रवक्ता अन्सारीले सो कुरा बताएकी हुन् ।
महिला हिंसाका घटनामा प्रहरी संवेदनशील नभएको चर्चा गर्दै पीडितहरूलाई प्रमाणको आधारमा न्याय दिलाउन प्रहरी लाग्नुपर्ने अन्सारीले बताइन् ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले सबै क्षेत्रबाट पछाडि परेको कर्णाली प्रदेशका महिलाहरू विभिन्न प्रकारका कुप्रथाबाट पीडित हुनुपरेकोले यसलाई न्यूनीकरण गर्न प्रहरी प्रशासन चनाखो बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका १० तथा प्रदेश ५ का ६ ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, कानुन व्यावसायी, नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Photo20190523Surkhet01

Photo20190523Surkhet02

Photo20190523Surkhet03

अन्य

भिडियो