नेपाल बार एसोसिएसनले २०८२ भदाै २६ गते एक अपील जारी गर्दै संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।
देशमा विकसित घटनाक्रमबारे नेपाल बारको भर्चुअल बैठकपछि जारी अपीलमा संवैधानिक सर्वोच्चता कायम राख्न माग गरिएको छ।
अपीलमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ । यसो नगर्न हार्दिक अनुरोध गर्दछौं’।
‘ हालको संकटको निकास संवैधानिक मान्यता भित्र खोज्न जेनजी लगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछौँ’ अपीलमा भनिएको छ ।